जब मान्छेको आवाजले आफ्नो आत्मा गुमाउँछ,मात्र, चिसो र खोक्रो प्रतिध्वनि फैलिन थाल्छ,दृष्टिबाट इमानदारी भाग्छ, कुहिरोभित्र छिरेका चराजस्ता,सूर्य त देखिने मात्र हो, उज्यालो कता–हो, टुकी बालेर खोज्न पर्छ। प्रतिबद्धता बिनाकै प्रदर्शनीहरू, दर्शकविहीन रंगमञ्च जस्ता कविताको गहिराइलाई गद्यले गफै–गफमा सिध्याइदिन्छ, घर, बारीले हाम्रा सन्तानको भविष्य अन्तै देखाइदिन्छन्, युवाहरू कलिला आँखा मिच्दै अज्ञात परदेश ताक्न बाध्य हुन्