देशभर मनसुन सक्रिय : ३ प्रदेशमा भारी र अन्यमा मध्यमको वर्षा हुने

  • शनिबार २३ साउन २०८३ ०१:३९ AM
काठमाण्डु– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित