काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक परिस्थितिप्रति संकेत गर्दै धैर्य गर्न आग्रह गरेका छन् । उनले सही समय आउन केही ढिला हुन सक्ने भए पनि आफू गलत बाटोमा नहिँडेको संकेत गरेका हुन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन ।