नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक, रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट एक र नवलपरासी