भाषणमा मात्रै ‘अनलाइन’, जनता लाइनमा

  • शनिबार २३ साउन २०८३ ०७:०० AM
काठमाडौं : बिहानै मिर्मिरेमा झोला वा रित्तो सिलिन्डर बोकेर घरबाट निस्कनु, घामको राप र धूलोमा घण्टौं कुर्नु अनि रित्तो हात वा ढिला गरी थकित भएर फर्कनु सामान्य नागरिकको दैनिकी बनेको छ।मुलुकमा रास्वपाको झन्डै दुईतिहाइको स्थिर सरकार छ। चुनावका बेला ‘अनलाइन’ मार्फत नै सबै सेवासुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको थियो। तर, ती प्रतिबद्धता केवल नारामा सीमित भएका छन्।अरू त अरू, चुलो बाल्ने एक थान ग्यास सिलिन्डरका लागि नागरिक कैयौं दिनदेखि लाइन बस्न बाध्य छन्। १० हजार रुपैयाँ तिर्दा प