सही समय आउनलाई ढिला होला, नआत्तिनुहोस् : बालेन

  • शनिबार २३ साउन २०८३ ०७:०० AM
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सही समय आउन केही समय लागेपनि नआत्तिन आग्रह गरेका छन्। शुक्रबार संसदमा सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र विपक्ष दलले जनजीविकाको मुद्दामा सरकारमाथि प्रश्न उठाएपछि मध्यराति सामाजिक सञ्जालमा बालेनले ढिलो होला तर गलत नहुने बताएका हुन् ।शाहले सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने स्पष्ट पारेका छन् । उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने धारणा राखेका छन्।‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन।