सिन्धुपाल्चोक : अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अरनिको राजमार्गको कोदारीस्थित इको क्षेत्रमा सडक भासिएपछि तीन सातायता तातोपानी नाका ठप्प बनेको छ।नेपाल—चीनबीचको उत्तरी नाका क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका– २ स्थित कोदारी (इको) क्षेत्रको सडकखण्डमा साउन १ गते आएको पहिरोले सडक भासिएपछि दुई देशबीचको सडक सञ्जाल टुटेको छ। सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयात–निर्यात ठप्प भएको हो। बर्सेनि अर्बौं रुपैयाँ राजस्व संकलन हुने तातोपानी भन्सारमार्फत हुने आयात–निर्यात