यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

  • शनिबार २३ साउन २०८३ १२:२५ AM
जनकपुरधाम । सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो । प्रदेश सरकारारा सञ्चालित ‘विपन्नसँग