पलाँता अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट

  • शुक्रबार​ २२ साउन २०८३ ०९:११ PM
सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि स्थानीयले हातपात गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारमा खटिएका डाक्टर अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि साउन २२ गते स्थानीय व्यक्तिहरूले हातपात र अभद्र व्यवहार गरेका हुन् । अस्पतालभित्रै स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो।  घटनाको सत्यतथ्य छानबिन तथा सुरक्षा व्यवस्था कडा पार्न इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी निरीक्षक सत्य नारायण चौधरीको कमान्डमा विशेष प्रहरी टोली घटनास्थलमा खटिएको छ । स्वास्थ्य संस्थाजस्तो संवेदनशील स्थानमा भएको यस घटनामा संलग्न व्यक्तिहरूको खोजीका साथै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश खत्रीले जानकारी दिए ।