काठमाडौं । नेपाली बजारमा लीपमोटरको नयाँ विद्युतीय एसयूभी ‘बी ०३ एक्स’ सार्वजनिक भएको छ। नेपालका लागि लीपमोटरको आधिकारिक वितरक साँग्रिला मोटर्सले शुक्रबारदेखि बी ०३ एक्सको बिक्री औपचारिक रूपमा सुरु गरेको हो। कम्पनीले बी ०३ एक्सको आधिकारिक मूल्य ४६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। साथै, पहिलो १०० ग्राहकलाई विशेष अफरस्वरूप ४४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने जनाएको छ। चिनियाँ बजारमा ‘ए १०’ नामबाट बिक्री भइरहेको यो मोडल नेपालमा बी ०३ एक्स नाममा ल्याइएको हो। यसमा १४५ किलोवाट क्षमताको विद्युतीय मोटर र ५३ किलोवाट-आवर ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार ... The post नेपाली बजारमा लीपमोटर बी ०३ एक्स सार्वजनिक, सुरुवाती मूल्य ४४.९९ लाख रुपैयाँ appeared first on Kalika Khabar.