काठमाडौं । चांगान अटोमोबाइल ग्रुपअन्तर्गतको विद्युतीय सवारीसाधन ब्रान्ड दीपलले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी एस–०५को अपडेटेड संस्करण सार्वजनिक गरेको छ। कम्पनीले नयाँ मोडल चिनियाँ बजारमा बिक्रीका लागि उपलब्ध गराएको हो। नयाँ दीपल एस–०५ पाँचवटा भेरियन्टमा उपलब्ध रहेको छ। यसको सुरुआती मूल्य १७ हजार ७६० अमेरिकी डलर तोकिएको भए पनि सीमित अवधिका लागि १६ हजार ९०० अमेरिकी डलरमै बिक्री गरिने कम्पनीले जनाएको छ। कम्पनीले नयाँ एस–०५ मा डिजाइन, स्मार्ट ड्राइभिङ, इन्टेरियर तथा प्रविधिमा उल्लेखनीय सुधार गरेको छ। बाहिरी डिजाइनमा क्लोज्ड–अफ ग्रिललाई यथावत् राख्दै नयाँ ‘फ्लाइङ स्याडो’ डिजाइन, ‘दीपल आई’ एलईडी हेडल्याम्प, १८ इन्चका नयाँ ... The post ६२० किमि रेन्ज र लाइडार प्रविधिसहित अपडेटेड दीपल एस–०५ सार्वजनिक appeared first on Kalika Khabar.