काठमाडौं : नेपालका लागि याडिया को आधिकारिक वितरक कुजु नेपालले नयाँ पुस्ताका याडिया जीएस७०, जीटी७० र जीटी८० विद्युतीय स्कुटरहरू औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता तथा नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका यी स्कुटरहरूले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।ग्लोबल नम्बर १ विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड याडिया ले नवीन प्रविधि, उच्च कार्यसम्पादन र दिगो यातायात समाध