‘प्रहरी नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध छ’

  • शुक्रबार​ २२ साउन २०८३ ०३:४२ PM
काठमाडौँ । प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले नेपाल प्रहरी सेवाग्राहीप्रति केन्द्रित रहेर नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज सञ्चारकर्मीसँग समसामयिक विषयमा छलफल गर्दै उनले प्रहरीले शान्ति सुरक्षामा गरेको महत्त्वपूर्ण प्रयासहरूले आपराधिक क्रियाकलापमा कमी आउनुका साथै विगतको भन्दा शान्ति सुरक्षा चुस्त, सुदृढ, भरपर्दो र व्यवस्थित बन्दै गएको विश्वास व्यक्त गरे