कपिलवस्तु : कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह कपिलवस्तुको साझेदारी वन क्षेत्रमा आज दिउँसोबाट बेपत्ता भएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेका छन्। उनी चढेको मोटरसाइकल भेटिए पनि पूर्व मेयर सिंह अझै नभेटिएका प्रहरीले जनाएको छ।