काठमाडौं । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक जना युवाको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको लुप्र एएए ६१५७ नम्बरको स्कुटर पछाडि सवार वीरेन्द्रनगर नगरपालिका-९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए । उनका अनुसार