काठमाडौं । मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार आजसम्म प्रदेशभर तीन लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने प्रदेश कृषि विकास