अजित मिजारका परिवारसँग मन्त्री सीता वादीको भेट

  • शुक्रबार​ २२ साउन २०८३ ०२:३१ PM
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आज काठमाडौँमा अजित मिजारका परिवारसँग भेट गरी उनको मृत्यु प्रकरण तथा न्याय प्राप्तिसँग सम्बन्धित विषयमा विस्तृत छलफल गरेकी छन् । भेटका क्रममा उनको परिवारले वर्षौँदेखि न्यायको प्रतीक्षामा रहँदा भोग्नु परेका पीडा, अनुभव तथा न्याय प्राप्तिप्रतिको आफ्नो अपेक्षा मन्त्री वादीसमक्ष राखेका थिए ।