रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरुङ निर्वाचित

  • शुक्रबार​ २२ साउन २०८३ ०८:०१ PM
सिन्धुपाल्चोक :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सभापतिमा माया गुरुङ निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा गुरुङले १ सय ४९ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, सभापतिका अर्का उम्मेदवार कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२, दिलराम श्रेष्ठले २ मत ल्याए। उपसभापति पदमा सरोजा श्रेष्ठ १ सय २३ मतसहित निर्वाचित भइन्। प्रतिस्पर्धी निमा याङ्छेन लामाले ६५ र मुके शेर्पाले ४७ मत ल्याए। सहसचिवमा विदुर खड्काले १ सय ३५ मत ल्याई विजयी भए। उनको प्रतिद्वन