१२ वटा सामुदायिक विद्यालयको भौतिक विकास गर्न ६२ करोड २८ लाख रुपियाँ लागतमा खरिद प्रक्रिया 

  • शुक्रबार​ २२ साउन २०८३ ०७:४१ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि छुट्टाछुट्टै बोलपत्रमार्फत करिब ६२ करोड २८ लाख रुपियाँ लागतको खरिद प्रक्रिया अगाडि बढाएको छ । विद्यालयहरूको भौतिक अवस्थालाई प्रचलित मापदण्ड अनुकुल बनाउन विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र पूर्वाधारको आवश्यकताका आधारमा लगानी बढाएको हो । यसका लागि सहरी योजना आयोगबाट अध्ययन गरिएको थियो । अध्ययनबाट प्राप्त तथ्यका आधारमा खरिद प्रक्रिया अगाडि बढाएको हो ।  ‘सामुदायिक शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको माग अनुरुप बनाउन हामीले लगानी बढाएका छौँ ।’ योजना कार्यान्वयनका विषयमा कार्यवाहक प्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षा कोठा, वातावरणीय सुधार र सजावट, प्रयोगात्मक अभ्यासको अवसर जस्ता सुविधालाई समान रुपमा वितरण गर्ने हाम्रो योजना छ । हामीले गरेको लगानीबाट शिक्षकहरुलाई शिक्षणका लागि प्रोत्साहन हुनेछ । विद्यार्थीहरुलाई सिकाइप्रति रुचि जाग्नेछ । समग्रमा, बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक जस्ता चौतर्फी पक्षको सन्तुलित विकास सबल बन्नेछ ।’ ‘माध्यमिक तहसम्मका विद्यालय व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हो । यसका लागि हामी संघ सरकारको सहयोग र समन्वयमा आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय रुपमा काम गरिरहेका छौँ ।’ शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन भन्नुहुन्छ, ‘हामीले गरेको लगानीबाट शैक्षिक क्रियाकलापमा नतिजा आउन थालेको छ ।’ शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार महानगरले प्रत्येक विद्यालयको जीपीएस लोकेसन, विद्यार्थी र जग्गाको अनुपात, बाढी जस्ता प्राकृतिक जोखिमको अवस्था अध्ययन गरेपछि मात्र लगानीको प्रस्ताव अगाडि सारिएको हो । लगानीको आधार पनि यही हो ।  शिक्षा विभागका महाशाखा प्रमुख सुशिल सुवेदीका अनुसार विभिन्न विभाग र वडाबाट खरिद प्रक्रिया अगाडि बढाइएको हो । जसमा शिक्षा विभागबाट वडा नं