एमबिबिएस कार्यक्रमअन्तर्गत एकवर्षे इन्टर्नसिपमा संलग्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै हरिजनले आजदेखि जारी अनशन अन्त्य गरेका छन् । सहमतिअनुसार स्वास्थ्य सेवाको आठौं तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबरको निर्वाह भत्ता एमबिबिएस, बिडिएसलगायत एकवर्षे इन्टर्नसिप कार्यक्रमका विद्यार्थीलाई सबै सरकारी तथा निजी मेडिकल कलेजले समान रूपमा उपलब्ध गराउने विषयमा