आन्दोलन व्यवस्थापनमा सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर समीक्षा आवश्यक : गगन थापा

  • शुक्रबार​ २२ साउन २०८३ ०७:१३ PM
काठमाडौं । नेपाली कांग्रेसको ‘द ग्रिन टेबल’को १५औँ कार्यक्रममा ‘आन्दोलन र सुरक्षा संयन्त्रः व्यावसायिकता, विश्वास र सार्वजनिक सुरक्षा’ विषयमा छलफल गरिएको छ । कार्यक्रमपछि बोल्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनका क्रममा सुरक्षा निकायले बल प्रयोग गर्ने विषयमा अझै पनि स्पष्ट उत्तर खोजिरहेको बताएका छन् । उनले गत भदौ २३ र २४ गते भएका घटनालाई स्मरण गर्दै प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको थियो वा कम बल प्रयोग गर्न सकिन्थ्यो भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए । गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे पनि छलफल भए पनि उक्त प्रश्नको स्पष्ट उत्तर अझै प्राप्त नभएको उनको भनाइ थियो । उनले भने,‘गत भदौ २३ र २४ गते जे देखियो र भोगियो, त्यसबारे मेरो मनमा अझै एउटा प्रश्न छ । भदौ २३ गते प्रहरीले कम बल प्रयोग गर्न सक्थ्यो कि सक्दैनथ्यो