काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कागजमा भएका विकास र जनताले भोगेका समस्याबीच भिन्नता भएकाले त्यसलाई पहिचान गरेर काम गर्न आग्रह गरेका छन् । बैठकमा दलीय आधारमा आफ्ना धारणा राख्ने क्रममा अरबिन्द साहले मधेसमा किसानले भोगेको प्रमुख समस्या सिँचाइ भएकालाई त्यसलाई समाधान गर्न आग्रह गरे । सांसद खड्कबहादुर बुढाले कर्णाली प्रदेशका अधिकांश जिल्लामा