सरकार जवाफदेहिताबाट पन्छिएको सांसद पुनको आरोप

  • शुक्रबार​ २२ साउन २०८३ १२:५९ PM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले वर्तमान सरकार जबाफदेहिता र पारदर्शिताबाट पन्छिएको आरोप लगाएका छन् । शुक्रवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले मुलुकका विभिन्न भागमा विकसित घटनाक्रम र जनजीविकाका सवालमा सरकारले संसद्लाई उपेक्षा गरेको बताएका हुन् । सांसद पुनले लोकतन्त्रमा सरकार आफ्ना हरेक कार्यप्रति विधिसम्मत र जबाफदेही हुनुपर्नेमा जोड दिए