गर्मी छल्न उत्तर कोरियामा कुकुरको सूपदेखि जिनसेङ ब्रोथसम्म

  • शुक्रबार​ २२ साउन २०८३ ०१:०६ PM
एजेन्सी । कोरियाली प्रायद्वीपमा यस वर्षको गर्मीले कीर्तिमान तोड्दै तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेपछि उत्तर कोरियाले नागरिकलाई गर्मीबाट राहत पाउन कुकुरको मासुको सूप, जिनसेङयुक्त ब्रोथलगायत परम्परागत परिकार सेवन गर्न सुझाएको छ । दक्षिण कोरियामा भने अत्यधिक गर्मीका कारण २३ जनाको मृत्यु भइसकेको छ र गत साता लगातार तीन दिन नयाँ उच्च तापक्रमको रेकर्ड बनेको