संयुक्त राज्य अमेरिकाले नेपालको युवा नेतृत्व विकासप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै यूएस युथ काउन्सिल (यूएसवाईसी) नेपाल २०२६ को नयाँ समूह सार्वजनिक गरेको छ। देशभरबाट प्राप्त एक हजार छ सयभन्दा बढी आवेदनमध्ये छनोट गरिएका ५५ प्रतिभाशाली युवा यस वर्षको समूहमा समावेश भएका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार आयोजना गरेको उद्घाटन कार्यक्रममा नयाँ समूहको औपचारिक