विराटनगर : आपराधिक पृष्ठभूमिका अभिषेक गिरीले मोरङका व्यवसायीलाई डर, त्रास र प्रभावमा पारेर करिब चार करोड रुपैयाँ मूल्यको पेट्रोल पम्प, जग्गा र त्यसमा बनेका संरचना कब्जा गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । जेलभित्रबाटै ‘डिल’ गरेर पेट्रोल पम्पसहित जग्गा र संरचना कब्जा गरी आफ्नी दिदीको नाममा पास गराउन उनी सफल भएको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।यस प्रकरणमा अभिषेक र उनकी दिदी अर्पणा तुलाधर गिरी अनुसन्धानको दायरामा परेका छन् । मोरङको साविक बबियाबिर्ता गाविस&ndas