सरकारलाई रास्वपा सांसदकै चेतावनी : मधेशमा आगो निभेको हो, दाउरा निभ्या छैन

  • शुक्रबार​ २२ साउन २०८३ १२:०५ PM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले मधेश प्रदेशमा हालै लागेको आगो निभेको तर दाउरा ननिभेको भन्दै सरकारलाई चेतावनी दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मधेशमा भर्खरै आगो बल्यो । हामीले जसोतसो निभाउन सक्यौं । तर म सरकारलाई यहीँ सम्मानित सदनबाट सन्देश दिन चाहन्छु – आगो निभेको हो, दाउरा