बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित ३ पक्राउ

  • शुक्रबार​ २२ साउन २०८३ १२:०० PM
नेपालगन्ज (बाँके) । यहाँस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत शाह, श्रीमती शुभेच्क्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरिएको जानकारी दिए