जनकपुरधाममा साहु-महाजनको प्रदर्शन, भदौमा सिंहदरबार घेर्ने

  • शुक्रबार​ २२ साउन २०८३ ११:२४ AM
सरकार र मिटरब्याज पीडित पक्षबीच भएको लेनदेनसम्बन्धी ९ बुँदे सहमति तथा मन्त्रिपरिषद्को निर्णयप्रति असन्तुष्टि जनाउँदै साहु–महाजनहरूले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले आफ्ना हितविपरित गरिएका निर्णयहरू तत्काल खारेज गर्न माग गरेका हुन् । उनीहरूले सरकारले एकतर्फी रूपमा गरेको सहमति र मन्त्रिपरिषद्को निर्णय फिर्ता लिनुपर्ने अडान अघि