यातायातको सफ्टवेयर नचल्दा सेवाग्राही जरिवाना तिर्न बाध्य

  • शुक्रबार​ २२ साउन २०८३ ०५:०१ PM
धनगढी : यातायात व्यवस्था विभागले नयाँ आर्थिक वर्षदेखि जारी गरेको इडीएलभीआरसी अनलाइन प्रणाली राम्ररी सञ्चालनमा नआएपछि सुदूरपश्चिमका लाखौँ सेवाग्राही प्रभावित भएका छन्। सुदूरपश्चिमका तीन जिल्ला कैलाली, कञ्चनपुर र डडेलधुरामा रहेका यातायात कार्यालयहरूमा पनि उक्त अनलाइन सफ्टवेयर नचलेपछि सेवाग्राही प्रभावित भएका हुन्।सरकारले पूर्ण रूपमा तयारी नगरी २०८३ सालदेखि ईडीएलभीआरसी अनलाइन प्रणाली लागू गरेपछि सेवाग्राही प्रभावित भएका हुन्। ईडीएलभीआरसी अनलाइन प्रणाली भनेको सेवाग्राहीले अनलाइनमा कागजपत्र अपलोड गरे