वृद्ध बा–आमा सुनकोशीमा बेपत्ता हुनु भयो, तर यो सरकार बेपत्ता नहोस् : सांसद भण्डारी

  • शुक्रबार​ २२ साउन २०८३ ०५:०१ PM
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बदनकुमार भण्डारीले सुनकोशी नदीमा हामफालेर बेपत्ता बृद्ध बा–आमाको खोजीमा सरकारले तदारुकता देखाउनु पर्ने बताएका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद भण्डारीले साउन २० गते काभ्रे मण्डनपुर–७ का ६८ वर्षीय केदारनाथ पराजुली र बोनम्यारो पीडित ६७ वर्षीया तिलकुमारी सुनकोशीमा हामफालेर बेपत्ता भएको बताउँदै उनीहरुको खोजीका लागि सरकारलाई आग्रह गरेका हुन् । उनले वृद्ध बाले आफ्नो श्रीमतीलाई पिठ्यूँमा बोकेर सुनकोशी नदीमा हाम