महेन्द्रनगर । अघिल्ला वर्षका तुलनामा ४०० मेट्रिकटन रासायनिक मल उपलब्ध गराइए पनि व्यवस्थापन र वितरण कार्य विधिलाई बेवास्ता गरिएका कारण जिल्लामा मलको अभाव देखिएको गुनासो गरिएको छ । कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका प्रबन्धक हेमराज जोशीले यसवर्ष सात हजार ५०० मेट्रिकटनभन्दा बढी अनुदानको मल बिक्री वितरण हुँदा पनि अभाव देखिनुलाई आफूले आश्चर्य मानेको