काठमाडौँ । खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ । विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार हालसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन् । जसमा १६२ पुरुष,