काठमाडौँ । सांसदहरूले खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न, विद्युत् नियमित आपूर्ति नियमित बनाउन र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद वासना थापाले ओझेलमा परेका दैलेखको पञ्चदेवल, पञ्चकोशीलगायत तीर्थस्थल र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद बिना गुरुङले कास्की जिल्ला कारागारमा रहेका