खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिंग्या नेपाल छिरे : नेपाल प्रहरी

  • शुक्रबार​ २२ साउन २०८३ १०:२९ AM
काठमाडौं । खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिंग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ । विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ती रोहिंग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार हालसम्म ५२६ जना रोहिंग्या नेपालमा रहेका छन् । जसमा १६२ पुरुष,