विकास निर्माणमा समन्वयको अभाव र प्रशासनिक बेथितिप्रति सांसदहरूको आपत्ति

  • शुक्रबार​ २२ साउन २०८३ ०९:३३ AM
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले विकास निर्माणमा देखिएको अन्तर–मन्त्रालय समन्वयको अभाव र प्रशासनिक क्षेत्रको बेथितिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार बसेको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले विकास आयोजनाहरूमा प्रभावकारी समन्वय र कर्मचारीहरूको आचरणमा सुधार हुनुपर्नेमा जोड दिए । यस्तै, सांसद गोपाल शर्माले कर्णाली प्रदेशको विद्युतीकरणमा भइरहेको ढिलासुस्ती