कृषि उपज जोगाउन ‘वन्यजन्तु हेरालु’लाई व्यवसायिक बनाउन सांसद खड्काको माग

  • शुक्रबार​ २२ साउन २०८३ ०९:३५ AM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुशील खड्काले वन्यजन्तु नियन्त्रण तथा किसानको उत्पादन संरक्षणका स्थानीय तहमा ‘वन्यजन्तु हेरालु’ कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले जंगली जनावर बाँदरले किसानलाई सास्ती दिएको भन्दै सरकारले व्यावसायिक रूपमा हेरालु नियुक्त गर्नुपर्ने माग गरे।