काठमाडौं : नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र विद्यालय शिक्षासम्बन्धी विभिन्न माग पूरा नभएको भन्दै आगामी भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।महासंघको तेस्रो राष्ट्रिय परिषद्को बैठकले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न, शिक्षामा लगानी बढाउन, शिक्षक-कर्मचारीका सेवा-सुविधा र पेशागत अधिकार सुनिश्चित गर्न तथा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गराउन आन्दोलन गर्ने निर्णय गरेको हो। आन्दोलनको मिति र कार्यक्रम भने विस्तारित का