सभामुखसँग नेकपाको मागः संसदको मर्यादा जोगाउन प्रधानमन्त्रीलाई निर्देशन दिनुस्

  • शुक्रबार​ २२ साउन २०८३ ०९:२० AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सार्वभौम संसदको मर्यादा राख्न सभामुख डोलप्रसाद अर्याल (डिपी) ले रुलिङ (निर्देशन) गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले प्रधानमन्त्री संसदको सबैभन्दा ठूलो नेता भएको संसद नियमावलीको पालना र संसदको मर्यादा राख्ने काम सबैभन्दा पहिला उनैले गर्नुपर्ने तर्क गरे । प्रधानमन्त्री