काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रमेश प्रसाईंले भात पकाउने ग्यासका लागि सर्वसाधारण लामो लाइनमा लागेको विषयले आफ्नै पार्टी नेतृत्वको सरकारप्रति लज्जाबोध भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चुनावका बेला रास्वपाको सरकारमा ‘नो लाइन ओनली अनलाइन’ भनेर मत मागेको स्मरण गरे । प्रसाईंले देशभर ग्यासको हाहाकार भएको र जनता दिउँसभरदेखि मध्यरातसम्म ग्यासको लाइनमा