साउन २९ देखि कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला हुने, देउवाले सम्बोधन गर्ने

  • शुक्रबार​ २२ साउन २०८३ ०९:२० AM
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म हुने नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी दिएका छन् । शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले न्यायिक पुनरावलोकनको अनुमति दिएको निर्णयको स्वागत गर्दै