शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने

  • शुक्रबार​ २२ साउन २०८३ ०९:११ AM
नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद्ले साउन १६ र १७ गते काठमाडौंमा सम्पन्न बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारसँग भएका सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै आन्दोलनको घोषणा गरेको हो। आन्दोलनको मिति र कार्यक्रम तय गर्ने