राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले प्रतिनिधिसभा नियमावलीको पालना प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिए । उनले संसदले आफैं बनाएको नियमावलीमा बोल्न पाउने अधिकारको दुरुपयोग गर्न नहुने स्पष्ट व्यवस्था