राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्। उनले इन्टर्न चिकित्सकले समान भत्ता, श्रम ऐनअनुसार कार्यघण्टा र चिकित्सकहरूको मासिक भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनको माग राख्दै आन्दोलन गरिरहेको उल्लेख गर्दै उनीहरूमध्ये एक जना गम्भीर अवस्थामा पुगेको बताइन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै