काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खत्रीविरुद्ध घुस रिसवत लिइ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइ दिन सहजीकरण गरिदिने सर्तमा सेवाग्राहीसँग १ लाख ६० हजार घुस लिएको पुष्टि हुनआएपछि आज मुद्दा दायर गरेको हो।उक्त का