काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले अनसनरत इन्टर्न चिकित्सक हरिजनको जीवन रक्षाका लागि समेत सकारको ध्यानाकर्षण गराइन् । उनकाअनुसार चिकित्सक हरिजन वीर अस्पतालको आईसीयुमा रहेका