काठमाण्डु–कांग्रेस प्रमुख सचेतक निश्कल राईले बढ्दो महँगी र अत्यावश्यक वस्तुको अभावबाट सर्वसाधारण प्रभावित भइरहेका बेला सरकार जनजीविकाका मुद्दामा गम्भीर बन्न नसकेको आरोप लगाएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले बजारमा महँगी चुलिएको, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या देखिएको अवस्थामा पनि सरकारले नागरिकका समस्या समाधानमा प्रभावकारी