महालक्ष्मी विकास बैंकद्वारा ‘शिशु स्याहार कक्ष र डे केयर’ सञ्चालन

  • शुक्रबार​ २२ साउन २०८३ ०८:४२ AM
काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना महिला कर्मचारीहरूको मातृत्वमैत्री कार्य वातावरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे–केयर सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार स्तनपान गराइरहेका महिला कर्मचारीहरूलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो ।