साउनमै विकास आयोजनाको ठेक्का सुरु, विद्युत् मिटर आपूर्तिमा सुधार

  • शुक्रबार​ २२ साउन २०८३ ०९:०८ AM
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सुरुवातसँगै देशभर विकास आयोजनाको ठेक्का प्रक्रिया तीव्र रूपमा अघि बढेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले विगतको तुलनामा यस वर्ष साउन महिनादेखि नै धेरै आयोजनाको ठेक्का प्रक्रिया सुरु भएको जानकारी दिए । बजेट कार्यान्वयन भएको करिब