काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएलगत्तै विपक्षीहरूले उठेर विरोध गरेका छन् । सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगत्तै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादित अभिव्यक्तिको विरोध गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले) , नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । The post प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै विपक्षी दलको विरोध appeared first on Kalika Khabar.